मंगलबार, ११ वैशाख २०८१

आईएमई जनरल र स्टेम सेन्टरबीच छुट दिने सम्झौता

समयपोष्ट २०७९ असार ६ गते १८:३८

Advertisement

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई स्टेम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल तथा ओप्थामोलोजिकल प्रडक्ट्समा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

सोही अवसरमा स्टेम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसैगरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टेम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री