शनिबार, ८ वैशाख २०८१

राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

समयपोष्ट २०७९ असार ५ गते १५:०९

Advertisement

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

आइतबार एक सूचना गर्दै बैंकले मासिक ब्याज प्राप्त गर्ने गरी यही असार २२ गतेदेखि २०८० असार २० गतेसम्म १ वर्षका लागि निक्षेपको रुपमा उक्त पैसा लगानी गर्ने जनाएको छ ।

बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुलाई तोकिएको सर्त पुरा गरी दरखास्त हाल्न आह्वान गरेको छ । बैंकको सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि कुल रकमको ८० प्रतिशत अर्थात् ६४ करोड रुपैयाँ छुट्याइएको छ भने ‘ख’ वर्गका विकास बैंकहरुका लागि १५ प्रतिशत (१२ करोड रुपैयाँ) र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूका लागि कुल रकमको ५ प्रतिशत अर्थात् ४ करोड रुपैयाँ छुट्टयाइएको छ ।

यद्यपि,सार्वजनिक बोलकबोल मार्फत प्रदान गरिने निक्षेपका लागि बैंकहरुले दिन सक्ने ब्याज प्रस्ताव गर्नुपर्नेछ ।

आवेदन भने आइतबार अर्थात् असार ५ गतेदेखि असार ७ गते राति १२ बजेभित्र पठाइ सक्नुपर्ने बैंकले जनाएको छ । यस्तो निक्षेपका लागि इच्छुक बैंकले वित्तीय कारोबार सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने वित्तीय संस्थाको निष्कृक्ष् कर्जा कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री