शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

समयपोष्ट २०७९ असार २ गते १८:५५

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाले एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

आज बिहिबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

यस्तै सम्पत्ति दायित्व मुल्याङ्कन (DDA) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु पनि सर्वसम्मत पारित गर्यो ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री