बिहीबार, १३ वैशाख २०८१

एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

समयपोष्ट २०७९ असार १ गते १५:२८

Advertisement

एनएलजी इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा कविराज अधिकारीलाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशिका अनुसार अधिकारीलाई नियुक्त गरेको हो ।

इन्स्योरेन्सले अधिकारीलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। नेशनल लाइफ इन्स्योरेन्सका सञ्चालकहरुको ५० प्रतिशत लगानी साझेदारी रहेको यो कम्पनीका सञ्चालक समिति अध्यक्ष विमलप्रसाद वाग्ले छन्।

सञ्चालक समितिमा भरतबहादुर बस्नेत, सुरेशप्रसाद खत्री, शालिनी राणा शाह र भरतकुमार थापा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री