बुधबार, १२ वैशाख २०८१

सिक्किममा ‘कबड्डी ४’को प्रदर्शनमा रोक

समयपोष्ट २०७९ जेठ ३१ गते १३:२०

Advertisement

भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ ।

सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म राज्यमा कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए ।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री