बुधबार, १२ वैशाख २०८१

दुई दिन देखि गायब सन्तोषी गर्भवती !

समयपोष्ट २०७८ असार ९ गते १८:२५

Advertisement

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।

प्रहरीले मंगलबार काठमाडौँको दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा उनको शव फेला पारेको थियो । प्रहरीले सन्तोषीको हत्या भएको जनाएको छ । महानगरीय अपराध महाशाखाका अनुसार उनको शव टाउको क्षतविक्षत र घाँटीमा नीलडाम भएको अवस्थामा फेला परेको थियो ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाइएको छ । घटनाको अपराध महाशाखा, परिसर तथा फर्पिङ प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

सुब्बा आइतबारदेखि नै हराएकी थिईन् । करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए ।​ सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलस्थित टहरामा बस्दै आएको थियो ।

तर कालोपुल बस्ने सन्तोषी कसरी दक्षिणकाली पुगिन्, उनलाई कसले त्यहाँ पुर्यायो र हत्या गर्यो, सो सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री