बुधबार, १२ वैशाख २०८१

रोल्पामा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

समयपोष्ट २०७८ असार ९ गते १२:५९

Advertisement

रोल्पामा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अन्य तीन जना घाइते छन् । मंगलबार राति घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

मंगलबार राति घरमाथिबाट खसेको पहिरोले पुरिएर रोल्पा नगरपालिका–९ ह्वामा गाउँस्थित ढाम्पा टोलस्थित स्थानीय ४० वर्षका टीकासिंह बूढामगर, टीकासिंहकी आमा ८६ वर्षकी कर्मिता, बुहारी १८ वर्षकी सुशीला र छोरी १५ वर्षकी श्यामकलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घर भत्कँदा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षका छोरा शक्तिमान घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका टीकासिंह र उनका छोरा शक्तिमानलाई हेलिकप्टरबाट थप उपचारका लागि बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री