बिहीबार, १५ चैत २०८०

मनसुनी वायु हिमालमा ठोकिँदा…

समयपोष्ट २०७८ असार ७ गते ७:२६

Advertisement

मनसुन नेपालमा भित्रिएको शुरुवातमै उच्च हिमाली क्षेत्रमा अपत्यारिलो वर्षा भएको छ । पानी कम पर्ने क्षेत्र मानिने मनाङ र मुस्ताङ क्षेत्रमा विगतका तथ्याङ्कहरु भन्दा फरक र अपत्यारिलो वर्षा भएको मौसमविद्हरु बताउनुहुन्छ ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले मनाङ क्षेत्रमा वर्षमा दुईसय मिलिलिटर पानी पर्ने गरेको थियो तर यसै साता दुई दिनमा एकसय ८० मिलिलिटर पानी परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो अपत्यारिलो वर्षा हो, यो हुनुको कारण हामी खोज्दैछाैँ तर यसको एउटा कारण भनेको बंगालको खाडीबाट आएको मनसुनी तातो हावा हिमालमा ठोकिएर उच्चक्षेत्रमा अपत्यारिलो वर्षा भएको हो ।’ गत असार १ गते भारी वर्षा हुँदा बाढीले मनाङमा करोडौंको क्षति पु¥याएको थियो ।

मनसुनमा अपत्यारिलो परिर्वतनले गर्दा जल तथा मौसम विज्ञान विभागले समेत नयाँ विषयको पाठ सिक्ने मौका पाएको श्रेष्ठले बताउनुभयो ।
‘हामीले बनाएका योजना र रणनीतिभन्दा फरक भएको छ, हामी आउने वर्षदेखि नयाँ योजना बनाएर अघि बढ्ने छौँ’ उहाँले भन्नुभयो । यस वर्षमा मौसम पूर्वानुमान अनुसार हिमाली क्षेत्रमा भारी वर्षा हुने भनिए जस्तै यथार्थमा परिणत भएको छ ।

मौसमविद्हरुका अनुसार पश्चिम बंगालको खाडीबाट आएको तातो हावा पहाडमा ठोकिएर पानी पर्ने गर्छ तर यो वर्ष हिमालमा ठोकिँदा सो क्षेत्रमा समेत पानी परेको छ । त्यसैले हिमाली क्षेत्र मनाङ, मुस्ताङमा औषत भन्दा बढी पानी परेको महाशाखाले जनाएको छ । उच्च वायूमण्डलमा रहेको हावाको तेज पहाड र हिमालमा ठोकिनुले यस वर्षको मनसुन हिमाली क्षेत्रमा बढी सकृय भएको उहाँले बताउनुभयो ।

महाशाखाले हिमाली क्षेत्रको १० मिनेटमा पानीको मापन गर्ने गरेको जनाउँदै खोलानाला, नदीमा पानीको सतह वृद्धि हुँदा सर्तकता अपनाउन अनुरोध गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री