बिहीबार, ६ वैशाख २०८१

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५औं शाखा

समयपोष्ट २०७८ असार ६ गते १८:२४

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

आइतबार बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स मार्फत शाखाको उद्घाटन गर्नुभएको हो । उद्द्धाटन कार्यक्रममा बैंकका सञ्चालकज्यूहरुको भच्र्युवल उपस्थिति रहेको थियो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेतसोसल मिडिया बैकिंग,इन्टर्नेट बैंकिंग,मोवाइल बैंकिंग,एसएमएस बैंकिंग जस्ता डिजिटलमाध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री