बिहीबार, १३ वैशाख २०८१

व्यापारीसंग ज्याकलिनको गोप्य रिलेशन

एजेन्सी २०७८ असार ४ गते ७:३५

Advertisement

भारतीय मिडियाले नायिका ज्याकलिन फर्नाडिस एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेका छन् ।

त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ । मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसंग कुनै सम्बन्ध छैन । उनी दक्षिण भारतका राम्रा व्यापारी हुन् ।

रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन् ।

उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री