शुक्रबार, ७ वैशाख २०८१

सीजी होल्डिङ्गसका अध्यक्ष चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा पदोन्नति

समयपोष्ट २०७८ असार ३ गते १४:०२

Advertisement

सरकारले नेपालको व्यवसायिक घराना सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध सञ्चालक अरुण कुमार चौधरीलाई हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ ।

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको हो ।

यस अघि उनी २५ अगष्ट २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए । उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरे । डा. सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरे ।

कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री