शनिबार, ८ वैशाख २०८१

पोलियो खोप अभियानमा संलग्न पाँच जना स्वास्थ्यकर्मीको हत्या

समयपोष्ट २०७८ असार २ गते १६:१८

Advertisement

अफगानिस्तानको नान्गरहर प्रान्तमा पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले आक्रमण गरेका छन् ।

आक्रमणमा राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको हो ।

सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री