शनिबार, ८ वैशाख २०८१

लक्ष्मी बैंकले सार्वजनिक गर्यो युरो कप योजना

समयपोष्ट २०७८ असार १ गते १७:०२

Advertisement

लक्ष्मी बैंकले युरो कप २०२१ योजना ‘मोबाइल मनि प्रेडिक्ट एन्ड विन !’ सार्वजनिक गरेको छ । युरो कप २०२१ संचालन भइरहेको अहिलेको अवस्थामा लक्ष्मी बैंकले खेल पारखीहरुलाई मध्यनजरमा राखेर उत्साह थप्न बैंकले एफ–वान सफ्टसँग मिली ‘गोल प्रेडिक्ट एन्ड विन’ योजना ल्याएको हो ।

यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखी सुरु भएको बैंकले जनाएको छ । यो योजना युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैंकले जनाएको छ । यस योजनामा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्स्क्रिप्सन पाउन सक्ने छन् ।

योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनिका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् ।

मोबाइल मनिको ’फोन–पे’ वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ ।

योजनाको अवधि पछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री