बिहीबार, ६ वैशाख २०८१

जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

समयपोष्ट २०७८ असार १ गते १२:३५

Advertisement

नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।

बोर्डले सोमबार लघुवित्तलाई १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ। जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री