शनिबार, ८ वैशाख २०८१

आई.एम.ई.लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७८ जेठ ३१ गते १८:२०

Advertisement

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौँमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तिय विवरण पारित गरेको छ । साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्ताव तर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (क्ष्एइ) गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य गरेको छ ।

सभामा बोल्दै सभाका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।

कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति,कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र वोर्ड लगायत सम्पूर्ण नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समुह, कर्मचारीहरु,अभिकर्ताहरु, पत्रकारहरु, बैंक तथा वित्तीय संस्थाहरु एवं अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री