शुक्रबार, ७ वैशाख २०८१

मेलम्चीको पानी आउन बन्द, फेरियो वितरणको तालिका

समयपोष्ट २०७८ जेठ ३१ गते १०:२४

Advertisement

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण तालिकामा हेरफेर गरिएको छ ।

सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि तालिका फेरिएको हो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ । सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ। नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।

प्राविधिकरूपमा वर्षायाम शुरु हुनुअघि नै सुरुङ खालि गरी निरीक्षण गर्ने, आवश्यक सुधारका कार्य गर्ने र पुनः पानी भर्ने कार्यहरु प्रारम्भ गर्नुपर्ने भएकाले असार १ बाट बन्द गर्न लागिएको हो ।
दुई महिनामा निरीक्षण तथा सुधार कार्य सकेर पुन:पानी पथान्तरण गर्ने योजना छ। चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री