बिहीबार, १३ वैशाख २०८१

पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई पनि सेवा सुविधा

समयपोष्ट २०७८ जेठ ३० गते १२:५७

Advertisement

नयाँ सरकार गठन भएलगत्तै गण्डकी प्रदेशको पहिलो मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार बिहान बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संघको सुविधा हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता कुमार खड्काले भने,‘के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन । तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’ खड्काले भने, ‘त्यसका लागि अब, हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।’

पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गर रिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री