शुक्रबार, ७ वैशाख २०८१

१.८ अंकले घट्यो नेप्से

समयपोष्ट २०७८ जेठ २७ गते १६:०१

Advertisement

नेप्से परिसुचक १.८ अंक घटेर २९४४.७८ विन्दुमा पुगेको छ ।

यसदिन २२० कम्पनीका ३ करोड कित्ता सेयर १६ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इण्डेक्स भने साढे २ अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४ अंक बढेको छ।

यस दिन १३ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन्। यस दिन १२ जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी लगायतका कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन जलविद्युत उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। यस दिन उकालो लागेका ६ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.६३ प्रतिशत र वित्त उपसमूहको २.५७ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री