शुक्रबार, १६ चैत २०८०

मन्त्री दिपक मनाङ्गेका भाइ लागुऔषधसहित पक्राउ

समयपोष्ट २०७८ जेठ २६ गते १७:०६

Advertisement

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ लागुऔषधसहित पक्राउ परेका छन् ।

ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले मनाङ्गेका भाइ कोर्तो गुरूङसहित अन्य दुई जना साथी अनुप श्रेष्ठ र अम्रिता खड्कालाई ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ गरेको हो ।

पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ। विभिन्न घटनामा उनी धेरै पटक पक्राउ परिसकेको ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

‘यसपाली उनी लागुऔषधको मुद्दामा सेवनकर्ताको रूपमा पक्राउ परेका छन्,’ उनले भनिन्। उनी ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन्। पक्राउ परेका कोर्तोले लागुऔषधको कारोबार नगरेको तर आफैं सेवन गर्ने गरेको प्रहरीसमक्ष बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री