शुक्रबार, ७ वैशाख २०८१

प्राइमलाइफले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा ल्यायो “प्राइम शुभलाभ बीमा” योजना, यस्ता छन् कम्पनीका वित्तीय सूचकांक

समयपोष्ट २०७८ जेठ २१ गते २०:०१

Advertisement

प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १४औं वार्षिकोत्सवको उपलक्ष्यमा पृथक किसिमको बीमा योजना “प्राइम शुभलाभ बीमा योजना” ल्याएको छ ।

जेष्ठ २२ गतेदेखी लागूू हुनेगरी कम्पनीले उक्त बीमा योजना सार्वजनिक गरेको हो । “प्राइम शुभलाभ बीमा योजना” ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने कम्पनीले विश्वास लिएको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने जानकारी दिनुभयो । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

२०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको यस यस प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापीत गरेको सर्बबिधितै छ । मजबुत शुरुवात संगसंगै प्राइमलाइफले सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन सफल भएको छ । ‘कम्पनीको सफलताले हामी हर्षित छौं । साथै आगामी वर्षहरुमा समेत अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको छ । र भविश्यमा अझ बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने विश्वास गरेका छौं ।’ प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले भने ।

‘उत्कृष्ट सेवाको साथ यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गर्दछौं ।’ कम्पनिद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कम्नपनीको प्रमुख वित्तीय सूचकांकहरु

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको चूक्ता पूंजी – २४२ करोड
जीवन बीमा कोष -१,४०० करोड
हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क -२,१७४ करोड
हाल सम्म जारी गरेको कूल बीमालेख संख्या -१,७३४,९८२
लगानी तथा कर्जा -१,५३७ करोड
बीमालेखको धितोमा कर्जा -१४७ करोड

कम्पनीको अन्य महत्वपूर्ण सूचकांकहरुः
कर्मचारी संख्या -३७८
अभिकर्ता संख्या -६५,३२८
कार्यालय संख्या -१५५
बीमा योजना प्रकार -१७

कम्पनीले शेयरधनिहरुलाई विगत वर्षहरुदेखि राम्रो प्रतिफल दिंदै आइरहेको छ । कम्पनीले आ.व. २०७२/७३ देखि शेयरधनिहरुलाई वितरण गरेको लाभांश (बोनश तथा नगद) को विवरण निम्न बमोजिम रहेको छ ।
आ.व. २०७२/७३ -२५ प्रतिशत
आ.व. २०७३/७४ -१२.५० प्रतिशत
आ.व. २०७४/७५ -१२.५० प्रतिशत
आ.व. २०७५/७६ -१५ प्रतिशत
आ.व. २०७६/७७ (विशेष साधारण सभाबाट वितरण)
वार्षिक साधारण सभाबाट लाभांश निर्णय गर्न बांकी -१२.५० प्रतिशत  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री