बिहीबार, ६ वैशाख २०८१

एनआईसी एशिया लघुवित्तको आइपीओ खुल्यो

समयपोष्ट २०७७ असार १० गते १३:१३

Advertisement

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साढे ४७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बुधबारबाट बिक्री खुल्ला गरेको हो।

कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्बसाधारणले आवेदन गर्न सक्नेछन्।

लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्। लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री