मंगलबार, ११ वैशाख २०८१

महालक्ष्मी विकास बेैंक लि.द्वारा दुई बिद्यालयलाई आर्थिक सहयोग

समयपोष्ट २०७७ असार ९ गते १६:३४

Advertisement

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई बिद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैया र रु. एक लाख पैसठ्ठी हजार (रु.१,६५,०००) रुपैया गरी जम्मा रु. तीन लाख पन्ध्र हजार (रु.३,१५,०००) रुपैया आर्थिक सहयोग प्रदान गरेको हो ।

यसैगरी असार ३ गते एक कार्यक्रमकाबीच बैंकको हेटौंडा शाखाका प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

असार ८ गते एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री