शनिबार, ८ वैशाख २०८१

बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी रकम भुक्तानी

समयपोष्ट २०७७ असार ८ गते २०:१९

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लिमा कार्यरत एक कर्मचारीको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको हेटौँडा शाखाले उक्त कार्यालयमा कार्यरत रविन सूनारको दुर्घटनामा निधन भएपश्च्यात उनको पितालाई दाबी रकम भुक्तानी गरेको हो ।
स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले एक कार्यक्रमकाबीच आज रु सात लाखको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आईरहेको छ ।

यसको लागि बैंकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग सहकार्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री