शुक्रबार, १६ चैत २०८०

टिभीएसको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ आरम्भ

समयपोष्ट २०७७ असार ३ गते १३:३६

Advertisement

टिभीएसको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ आरम्भ भएको छ ।

टिभीएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ आरम्भ गरेको जनाएको छ ।

यस योजना अन्तर्गत टिभीएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरुले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउन पेमेन्टमा स्कूटर वा मोटरसाईकल किन्न सक्नेछन् । योजना अनुसार ग्राहकहरुले स्कुटर खरीदमा १०,००० रुपैयाँ र मोटरसाइकलमा १२,००० रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै पछि सरल मासिक भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुले यी चार योजना मध्ये कुनै एक छनौट गर्न सक्नेछन् ।

यसैगरी, ग्राहकहरुले अनलाइनमार्फत् टिभीएस मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ । ग्राहकहरुले अनलाइन अर्डर गर्न यो साइटमा जानु पर्नेछ www.tvsnepal.com/shop ।

योजना शुरु गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।’

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वविख्यात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरु मध्ये नेपालमा १०० देखि ३१० सीसीसम्म उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इन्डोनेशियामा निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री