शुक्रबार, १६ चैत २०८०

नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो ७१ औँ वार्षिक साधारण सभा

समयपोष्ट २०७७ जेठ २७ गते १४:३६

Advertisement

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असार ५ गते कम्पनीको पुरानो भवन, कमलादी, काठमाडौँमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले गत चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको थियो। यस अनुसार चैत ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री