शुक्रबार, १६ चैत २०८०

आर्युबेद चिकित्सक सहित प्रदेश सभा सदस्य क्यारेन्टाइनमा

समयपोष्ट २०७७ जेठ २३ गते १२:०४

Advertisement

अशोक खनाल
२०१९ को डिसेम्बर अन्तिम साता चिनको बुहान शहरबाट देखिएको कोबिड १९ हाल बिश्वभर महामारिको रूपमा फैलिनुका साथै नेपालमा पनि यसको संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ । नेपालीहरु तुलानात्मक रुपमा स्वास्थकर एबम प्राकृतिक आहार सेबन गर्ने, शारीरिक श्रम गर्ने, प्राकृतिक श्रोतबाट प्राप्त आहार सेबन गर्ने गरेको कारण पनि यसको कमि आउन सकेको हुन सक्छ ।

नेपालमा स्वास्थ प्रबर्द्धन र रोगको उपचारको लागि आर्युबेद चिकित्सा बिज्ञान युगौ युग देखि नै प्रयोगमा छ, हाल फैलिएको कोबिड १९ रोगको रोगथामको लागि प्रभाबकारी खोप र उपचारको लागी औषधिहरुको खोजिमा बैज्ञानिकहरु जुटे पनि अपेक्षााकृतिक अपाइरहेको अबस्थामा आफनै परम्परा एबम मौलिक चिकित्सा बिज्ञान आर्युबेद यस रोग विरुद्धको लडाइँमा एक महत्त्वपूर्ण हतियार साबित भएको अर्घाखाँची आर्युबेद स्वास्थ केन्दका प्रमुख डा. अर्जुन राज शर्मा बताउछन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालय आर्युबेद बिभागले कोबिड १९ को रोगथाम एबम बैकल्पिक चिकित्सा सम्बन्धि गाइडलाइन जारी गरे बमोजिम प्रदेश न. ५ सामाजिक बिकाश मन्त्रालयले पनि त्यही गाइड लाइन लाई जारी गरि हाल क्यारेन्टाइनमा रहेका मान्छे हरुलाई अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्रको आयोजनामा रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक आर्युबेद औषधिहरु सेवन गराउने, योग, नृत्य, हास्य, ध्यान जस्ता तनाव ब्याबस्थापन सम्बन्धि कार्यक्रमहरु प्रभाबकारी रुपमा संचालन गर्दै आइरहेको छ।

अर्घाखाँची जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको नेतृत्वमा आर्युबेद स्वास्थकर्मी र आर्युबेद योग प्रशिक्षकहरुको टोलिले जिल्लामा रहेका विभिन्न क्यारेन्टाइनहरुमा पुगि क्यारेन्टाइनमा रहेका मानिसहरुलाई तनाव ब्याबस्थापन र योग अभ्यासहरु गराउदै, कोबिड १९ को कारण विभिन्न मुलुकहरुमा रोजगारीमा रहि रोजगार गुमाउनेहरुका लागि आफ्नै मातृभुमीमा केही स्वरोजगारको निम्ति प्रदेश ५ सरकारले कृषि विशेष कार्यक्रम अन्तरगत रु. ५१ करोड बिनियोजन गरिएको बताउदै प्रदेश सभा सदस्य घिमिरेले केही युबा युबतिको निम्ति सामुहिक तथा ब्याक्तिगत रुपमै अनुदान दिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यो संक्रमण कति लम्बिने हो कसैलाइ थाहा नभएको भन्दै बाझो रहेका जमिनहरु खनजोत गरि उत्पादन मुलक कार्यमा लाग्न आव्हान गर्दै अधिकाम्स बिश्वका विकासोन्मुख रास्ट्रहरु पनि संकट पछि नै बिकाश र समृद्धिमा फड्को मारेको उदाहरण समेत प्रस्तुत गरे ।
अर्घाखाँचीमा हाल ४५२६ जना क्यारेन्टाइनमा रहेको, आर डि टि परिक्षण पछि केहीलाई आ आफ्नो घरमा पठाइएको साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए । परिक्षणको क्रममा पोजेटिभ देखिएका ३ जना पुरुषहरुलाई आइसोलेशनमा राखी उपचार गरिरहेको भए पनि तिनीहरुको अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री