बुधबार, १२ वैशाख २०८१

गोदावरीमा क्वारेन्टाइन केन्द्र विद्यालय हाताभन्दा बाहिर छ : वडाअध्यक्ष घिमिरे

समयपोष्ट २०७७ जेठ २२ गते ११:१२

Advertisement

गोदावरी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरेले जवर्जस्ती स्कुलका शिक्षक, कर्मचारीको आवास केन्द्रमा क्वारेन्टाइन राखियो भनेर गलत प्रचार भैरहेको भन्दै खेद व्यक्त गरेका छन् ।

‘गोदावरी नगरपालिका वडा नं. ३ मा बनाइएको क्वारेन्टाइन केन्द्र सेन्ट जेवियर्स स्कुलभन्दा चार सय मिटर टाढा रहेको छ । केशर महल भवन पहिला नै स्कुलले हस्तान्तरण गरिसकेको हो । सोही केशर महल भवनमा क्वारेन्टाइन राखिएको छ,’ – वडाअध्यक्ष बालमुकुन्द घिमिरेले भने ‘नगरपालिकाको योजना अन्तर्गत बजेट छुट्याएर रङरोगन तथा मर्मत–सम्भार गरी वडा कार्यालयका लागि स्वीकृत भइसकेको भवन हो । यसै भवनमा क्वारेन्टाइन राख्न लाग्यो भनेर स्कुल प्रशासनले बाधा पु¥याउन खोजेको छ । यो जनताको सम्पत्ति हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री