शुक्रबार, १६ चैत २०८०

भोलिबाट लकडाउन उलङ्घन गर्ने व्यवसायीहरुको घोषणा

समयपोष्ट २०७७ जेठ २१ गते २०:०२

Advertisement

 

व्यवसायीहरुले भोलिबाट लकडाउनको उलङ्घन गर्दै ब्यापार ब्यवसाय सञ्चालनमा ल्याउँने भएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहिबारदेखि उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुलाउने निणर्य गरेको हो । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बिहान ११ बजेसम्म बजार खुल्ने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको, घरबेटीले घरभाडा मागेको कर्मचारीहरुलाई तलव भत्ता भुक्तानी गर्न समस्या परेकाले व्यवसाय पुन सुचारु गर्न लागेको जनाईएको छ। विज्ञप्तीमा नियुुनतम दुुरी कायम गरी विश्व स्वास्थ संगठनले तोकेको मापदण्डमा रहि ब्यवसाय सञ्चालन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री