बिहीबार, १५ चैत २०८०

कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

समयपोष्ट २०७७ जेठ २१ गते १८:४०

Advertisement

कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री