शनिबार, ८ वैशाख २०८१

सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

समयपोष्ट २०७७ जेठ २१ गते १६:३७

Advertisement

जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिराहले चार जना यूवालाई पक्राउ गरेको छ ।

मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ की १५ बर्षिया किशोरीले जर्वजस्ती करणी गरको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु भन्ने २५ बर्षका चन्देश्वर यादव,औरही गाउँपालिकाका वडानम्बर २ बस्ने २० बर्षका अम्बर यादव, सुखिपुर नपा ६ बस्ने १९ बर्षका गोलु महत्तो र औरही २ का २३ बर्षका जगरनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री