शुक्रबार, १६ चैत २०८०

सानिमा लाईफको मोवाइल एप मार्फत बीमितले आफ्नो विवरण अब घरमै बसेर हेर्न सक्ने

समयपोष्ट २०७७ जेठ २१ गते १४:५४

Advertisement

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले बीमितहरुले घरमै बसेर सानिमा लाइफको मोवाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सक्ने सुविधाको सुभारम्भ गरेको हो ।

यसको लागि सर्वप्रथम सानिमा एप डाउनलोड गर्नुपर्ने छ । गुुगल प्ले स्टोरमा गई सो एप डाउनलोड गरेपछि सर्चमा गई आफ्नो पोलिसी नम्बर,प्रस्तावकको जन्म मिती राखेपछि बीमीतले सम्पुर्ण विवरण हेर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट बीमितले बीमा योजना,कुल बिमांक रकम,आफुुले हालसम्म तिरेको बीमा शुल्ककको विवरण,भविष्यमा कहिले र कति नविकरण शुुल्क बुुझाउनुपर्ने हो त्यो सबै जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुुलेटर सुुविधा,कम्पनीको सम्पुुर्ण योजनाहरुको बारे विस्कृत जानकारी,सानिमा एडभाइजर पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण समेत उपलब्ध छ ।

यसका साथै कम्पनीले घरमै बसेर इ सेवा,खल्ती,कनेक्ट आइ पि एस,सेल पे लगायतको डिजिटल बैंकिंग सुुविधामार्फत शुल्क तिर्न सकिने समेत जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री