मंगलबार, ११ वैशाख २०८१

नेपालमा फेरि अर्काे चक्रवात, यस्तो प्रभाव पर्ने

rss २०७७ जेठ २० गते १२:२८

Advertisement

नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।

आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हँुदै चक्रवात हुने सम्भावना छ । त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात\ जेठ २२–२४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन । नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ ।अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री