बिहीबार, १५ चैत २०८०

चीन र अमेरिका मध्ये कुन शक्तिशाली ?

समयपोष्ट २०७७ जेठ १९ गते ७:५६

Advertisement

सैन्य शक्तिको कुरा गर्ने हो भने आजको मितिसम्म मिलिट्री सुपरपावर देश भनेको अमेरिका मात्रै हो । अमेरिकासँग यति शक्ति छ कि यो आफ्नो भूभागभन्दा टाढा पनि जमिन, समुद्र  र हावामा ठूलो स्तरमा युद्ध लड्न सक्षम छ । अमेरिकाबाहेक संसारका अन्य कुनै पनि देश यस्तो गर्न कल्पना पनि गर्न सक्दैनन् ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकाले   सैन्य शक्तिमाथि वार्षिक ६४९ बिलियन डलर खर्च गरेको छ । यो गत वर्ष ४.६ प्रतिशतभन्दा बढी हो ।

यस्तै, अर्को सुपरपावर देश चीन हो । यसको सैन्य शक्ति खर्च २५० बिलियन डलरको हो । यो गत वर्षभन्दा ५ प्रतिशत बढी हो । गत २४ वर्षदेखि चीनले आफ्नो खर्च लगातार बढाइरहेको छ ।

यसका साथै, अमेरिकाको परमाणु हतियारको भण्डार चीनभन्दा ठूलो छ । अमेरिका प्रविधिको मामिलामा पनि चीनभन्दा अगाडि नै छ जसमा इन्टेलिजेन्स, ब्यालेस्टिक मिसाइल र वारप्लेन समावेश छन् ।

अमेरिकाको नेटवर्क पनि निकै बलियो छ । अलाइन्समार्फत् एशियामा र नाटोमार्फत् युरोपमा पनि । चीनसँग यस्तो अलाइन्स नेटवर्क छैन । तर चीनको ‘वन बेल्ट वन रोड’ नामको १२४ बिलियन डलरको प्रोजेक्ट जो एशिया, अफ्रिका, युरोपमा व्यापार र लगानीको उद्देश्यसहित सुरु गरियो, त्यसले अमेरिकालाई निद्राबाट जगायो ।

चीनले साउथ चाइना सीमामा मानव निर्मित टापु बनायो जसका कारण अमेरिकाले खतरा महसुस गर्यो । त्यो इलाकाबाट हरेक वर्ष ५.३ ट्रिलियन डलरको व्यापार हुन्छ ।

चीनले अमेरिकालाई उछिन्नका लागि व्यापार र अर्थव्यवस्थालाई चुनेको छ । कम्तीमा ६५ देशमा चीनले निर्यात गर्ने गर्छ ।

चीनले पनि ट्रम्प सरकालाई शंकाको दृष्टिकोणले हेर्ने गर्छ । चीनले आफूलाई बलियो बनाउन र आफ्नो विकासमा निकै वर्षको मिहिनेत खर्च गरेको छ । चीनले आफ्नो उद्देश्य पूर्तीमा कसैले तगारो हाल्छ भने त्यो अमेरिका मात्रै हुनसक्ने स्विकार गर्दछ ।  बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री