शुक्रबार, १६ चैत २०८०

भारतबाट मजदुरी गरेर फर्कनेहरू चढेको बस दुर्घटना, ११ जनाको मृत्यु, २१ घाइते

समयपोष्ट २०७७ जेठ १९ गते ७:१४

Advertisement

भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  २१ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको भएको हो ।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन।  घाइतेको नेपालगन्ज उपचार भइरहेको छ। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री