शुक्रबार, १४ वैशाख २०८१

बि. एण्ड सी. अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई ५० प्रतिसत्सम्म छुट

समयपोष्ट २०७६ जेठ ७ गते २०:२८

Advertisement

ग्लोबल आइएमई बैंक लि. र बि. एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का जनसम्पर्क अधिकृत प्रोमिश गिरी र ग्लोबल आइएमई बैंक बिर्तामोड शाखाका शाखा प्रबन्धक पवन कुमार पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबि, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर र राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री