शुक्रबार, ७ वैशाख २०८१

पाँचथर सामूहिक हत्या प्रकरणः श्रीमतीले डिभोर्स मागेपछि कोही पनि बचेनन्

समयपोष्ट २०७६ जेठ ७ गते १४:५४

Advertisement

पाँचथर मिक्लाजुङ गाउँपालिका-७ आरुबोटेमा झुण्डिएको अवस्थामा फेला परेका युवक गए राती मारिएका परिवारको नजिकको आफन्त भएको खुलेको छ । घटना भएको केही घण्टापछि रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेको थियो । उनी मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई भएको पुष्टि भएको छ ।

प्रहरीले सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रारम्भिक निचाेड पनि निकालेको छ । स्थानीयले आत्महत्या गरेका मानबहादुरको ससुरालीमा राम्रो सम्बन्ध नभएको प्रहरीलाई बताएका छन् ।

मानबहादुरसँग श्रीमतीले सम्बन्ध विच्छेद गर्न चाहेको बताइएको छ । प्रहरीले पनि मानबहादुरमाथि नै शङ्का गरेको थियो । उनको खाेजी सुरु गरेको प्रहरीले आत्महत्या गरेको अवस्थामा शव फेला पारेको थियो ।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय इकाइ प्रहरी कार्यालय कोसी, प्रहरीको प्रदेश १ को टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

गए राती मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा एकै परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । घटनामा धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री