बुधबार, १२ वैशाख २०८१

बर्दिया र दाङमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७६ जेठ ७ गते १३:५१

Advertisement

लक्ष्मी बैंकले बर्दिया र दाङमा एक साथ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बर्दियाको गुलेरियामा १०४ औँ र दाङको तुल्सीपुरमा १०५ औँ शाखा संचालनमा ल्याएकोे हो ।

यससंगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । यी शाखाहरु मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु मझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री