बुधबार, १२ वैशाख २०८१

भागेर ज्यान बचाएकी बालिकाको बयान: पहिले ढोका खोल्न लगायो त्यसपछि एक्कासी आक्रमण

समयपोष्ट २०७६ जेठ ७ गते १३:१८

Advertisement

 

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राती भएको घटनामा एक जनाको मात्र संलग्नता रहेको आशंका गरिएको छ।  प्रहरीले घटनाबाट भागेर बाँचेकी बालिका र स्थानीयसँगको सोधपुछका आधारमा एक जनाको मात्र संलग्नता हुनसक्ने आशंका गरेको हो । तर  ढुक्क हुने स्थिती नरहेकाले अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

बालिकाले प्रहरीलाई दिएको बयान अनुसार राति सुतिरहेको परिवारलाई मुखुण्डो लगाएको नकाबधारीले बोलाएर ढोका खोल्न लगाएको थियो ।  ढोका खोल्ने बितिक्कै एक्कासी आक्रमण गरेको बालिकाले बताएकी छिन् । । थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

अहिले पुरै गाउँ शोकमग्न  छ । पाँचथरको मिक्लाजुङमा एकै परिवारको नौ जनाको  विभत्स हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री