शुक्रबार, ७ वैशाख २०८१

एनआई सी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा १०% छुट

समयपोष्ट २०७६ जेठ ६ गते १९:५२

Advertisement

एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौंबीच छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट उपलब्ध हुने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बराल हस्ताक्षर गरे ।

हाल बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री