शुक्रबार, १६ चैत २०८०

अब मासु किनबेच गर्ने देखि खानेसम्मलाई ५० हजार जरिबाना

समयपोष्ट २०७६ जेठ ५ गते ७:१७

eat

Advertisement

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ ।

आजको अन्नपूर्ण पोष्टमा खबर छ,‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएको १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकीी वडामा समेत पत्राचार गरिएको छ,’ ‘उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री