बिहीबार, १३ वैशाख २०८१

भारतद्वारा उदयपुर जिल्लामा शैक्षिक संस्थाको निर्माण

समयपोष्ट २०७६ जेठ ४ गते १६:१८

Advertisement

भारत सरकारले उदयपुरको चौदण्डीगढी नगरपालिकामा शैक्षिक सस्थाको भवन निर्माण गरिदिएको छ ।

चौदण्डीगढी नगरपालिका स्थित श्री नारद आदर्श शिक्षा क्याम्पस भवनकोे सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले शनिवार एक समारोहका बीच उद्घाटन गरे । समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए ।

सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । यस क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।

भारत सरकारको नेरु. ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभइ उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाएको भारतीय दूताबासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री