शुक्रबार, १६ चैत २०८०

स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र

RSS २०७६ जेठ ४ गते ९:३५

Advertisement

दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट २४ सै घण्टा सेवा प्रदान हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उहाँको भनाइ थियो ।

ऊक्त केन्द्र शुत्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको थियो । योसँगै उपमहानगरपालिकाभित्र छ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । चालू आर्थिक वर्षभित्र उक्त उपमहानगरपालिका–४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने सो अवसरमा जानकारी दिइएको थियो ।

यसैबीच तुलसीपुर–१९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरीद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार उपमहानगरप्रमुख पाण्डेले तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री