बिहीबार, १३ वैशाख २०८१

सुन्दर युवतीलाई सम्झेर यौनसम्पर्क गर्दा यसकारण आउँछ  छुट्टै आनन्द

समयपोष्ट २०७६ जेठ ४ गते ८:४३

Advertisement

मैले यौनसम्पर्क गर्दा सुन्दरीहरूलाई सम्झेर गर्ने गरेको छु । त्यसो त बाटोमा हिँड्दा कुनै सुन्दर युवती देखें भने उनलाई सम्झेर यौनसम्पर्क गर्दा मलाई छुट्टै आनन्द आउँछ । यो यौनसँग सम्बन्धित मेरो मानसिक समस्या पो हो कि ?

डा. राजेन्द्र भद्रा

सुन्दरीलाई सम्झने कुरा

राम्रा कुराको सम्झना स्वभाविक हो, त्यसले आनन्द दिन्छ । व्यक्तिले राम्रा कुराको परिकल्पना गर्छ । परिकल्पना व्यक्ति, वस्तु वा परिस्थितिको परिचित्र हो । कलाकार, नाट्यकर्मी, लेखक, कथाकार, चित्रकार आदि सबैजसोले आफ्नो सृजनशीलतामा यस्ता कल्पना वा परिकल्पनाको प्रयोग गरेका हुन्छन् । हामी सबै कल्पना गर्छौं । कल्पना हाम्रो दैनिक जीवनमा जहिले पनि साथ लागेर आउँछ । बाल्यकालदेखि नै यस्ता कल्पना गरिन्छन् र सम्भवतः जीवनपर्यन्त चलि नै रहन्छ । तपाईंले आफ्नो यौनसम्पर्कका दौरान सुन्दरीलाई सम्झने कुरा गर्नुभएको छ जुन यौन परिकल्पना हो ।

के हो यौन परिकल्पना ?

मानिसले गर्ने यस्ता परिकल्पनामा यौनसम्बन्धी कुरा प्रशस्तै हुन्छन् । यस्ता परिकल्पना यौनसम्बन्धी भए अर्थात् ती यौन प्रकृतिका भए हामी त्यसलाई यौनसम्बन्धी कल्पना वा यौन परिकल्पना (sexual fantacies) भन्छौं । यस्ता कल्पना व्यक्तिका आफ्ना पुराना अनुभवमा आधारित वा नितान्त कल्पित हुन्छन् । प्रायःजसो स्थितिमा दुवै थरीको मिश्रण हुने देखिन्छ । हस्तमैथुन गर्ने प्रक्रियामा पनि यौन परिकल्पनाको प्रयोग हुन्छ । अल्फ्रेड किन्सेले लगभग सबैजसो पुरुषले तथा बढीजसो (६४ प्रतिशत) महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्ने कुरा उल्लेख गरेका छन् ।

मानव यौनिकता सामाजिक जीवनको विविध पक्षद्वारा भरिपूर्ण हुन्छ र त्यसमा प्रशस्तै यौन परिकल्पना हुन्छ । यस्ता यौन परिकल्पनामा समाजमा स्वीकार्य कुरादेखि एकदमै अमान्य कुरासम्म पर्छन् । त्यसमा व्यक्तिअनुसार अति नै विविधता पनि हुन्छ ।

के–कस्ता कुरामा यौन परिकल्पना गरिन्छ ?

मानिसले के–कस्ता कुरामा यौन परिकल्पना गर्छन् वा गर्न सक्छन् भन्ने कुरा असीमित नै हुनसक्छ । वरिपरिका व्यक्ति, नातेदार, चलचित्रका व्यक्तिदेखि लिएर जनावरसम्मका अनेक क्रियाकलाप अनि अनेक परिस्थिति यौन परिकल्पनाका विषय हुन सक्छन् ।

कसैको यौन परिकल्पना वास्तविक जीवनमा कहिल्यै प्रयोग नगरिएका कुरा हुन सक्छन् भने कसैकोमा आफू शक्तिशाली स्थितिमा भएको कल्पना गरिन्छ । आफ्नो नियमित यौन साथीभन्दा बाहेकका व्यक्तिसँग यौनसम्पर्क गरेको कल्पना सबैभन्दा बढी गरिने यौन परिकल्पना हो । कल्पनामा आउने व्यक्ति जो–कोही पनि हुन सक्छन् । कतिपय स्थितिमा प्रसिद्ध व्यक्तिसँग यौनसम्पर्क गरेको कल्पना गरिन्छ भने कतिपय स्थितिमा कुनै परिचित व्यक्ति । त्यसबाहेक कतिपयले समूहमा यौनसम्पर्क गरेको देखि जबरजस्ती गरेको यौन परिकल्पनासमेत गरेर आनन्द लिन्छन् ।

यौन परिकल्पनाका फाइदा

यौन परिकल्पनाले व्यक्तिलाई यौन क्रियाकलापमा संलग्न हुन र त्यसबाट अधिकतम सुख प्राप्त गर्न पहिलेदेखि नै तयार राख्छ । यसो हुँदा शारीरिक क्रियाकलाप अनि यौनेच्छालाई उच्चस्तरमा राख्दा त्यसको तीव्रता बढी हुन्छ । यौन परिकल्पना धेरैजसो स्थितिमा अन्य कुनै कुरासँग गाँसेर यौनसुख प्राप्तिका लागि प्रयोग गरिन्छ । विचार गरेर हेर्ने हो भने हस्तमैथुन गर्दा प्रायःजसो स्थितिमा यौन परिकल्पना एउटा अभिन्न अङ्ग हुन्छ ।

विभिन्न व्यक्तिले फरक–फरक किसिमले यौन परिकल्पनाको प्रयोग गर्छन् । यसलाई कसैले सुरुवात राम्रो गर्न अधिक उत्तेजनाका लागि प्रयोग गर्छन् भने कसैले निम्न स्तरमा लामो समयका लागि विस्तारै संवेगको स्थितिमा पुग्न । यौन परिकल्पनाले यौनलाई विभिन्न किसिमले मानसिक तथा शारीरिक दुवै पक्षमा फाइदा पु¥याउन सक्छ । गहिराइमा पुगेर विचार गर्ने हो भने यसको दीर्घकालिन प्रभाव भनेको यौन सम्बन्धलाई निरन्तरता दिनु हो, जसको सकारात्मक प्रभाव वैवाहिक तथा पारिवारिक जीवनमा पनि पर्छ नै । यौन परिकल्पनाले यौन जीवनको एकनासेपनलाई समाप्त पार्न वा कम गर्न सहयोग गर्छ र नयाँपनको ऊर्जा प्रदान गर्छ । मनमा नकारात्मक कुरा आउन नदिन पनि कल्पनाशक्ति नै प्रयोग गर्न सकिन्छ ।

निर्देशकको भूमिकामा आफू नै हुने भएकाले आफूले चाहेअनुसार नै कल्पना गर्न सकिने मात्र होइन, त्यसलाई चाहेको दिशातर्फ मोडन पनि सकिन्छ र कुनै असहज किसिमको कल्पना मस्तिष्कमा आए त्यसलाई बन्द गर्न सकिन्छ । वास्तविक जीवनमा प्रयोग गर्न नसकिने कुरा, समाजमा अमान्य मानिएका सम्बन्ध, परिस्थिति अथवा यहा“सम्म कि गैरकानुनी मानिएका कुरामा समेत यौन सम्पर्क राखिएका वा यौन क्रियाकलापमा संलग्न भएको कल्पना गर्न सकिन्छ, अरू कसैलाई पनि नकारात्मक प्रभाव नपारीकनै । यौन परिकल्पनाले आफैंभित्रका विरोधाभास वा अलमललाई स्पष्ट पार्ने अवसरसमेत प्रदान गर्छ ।

ध्यान पु¥याउनुपर्ने कुरा

मलाई लाग्दैन, तपाईंलाई त्यस्तो केही भएको छ जसलाई असामान्य वा मानसिक समस्या नै मान्नुपरोस् । यौन परिकल्पना परिकल्पनाकारको नियन्त्रणमा हुने भए नचाह“दा–नचाहदै कतिपय परिस्थितिमा यो पुनः दोह¥याएर आउने र आन्तरिक हुरी–आँधी नै ल्याउने खालको हुनसक्छ, ग्लानि वा विरोधाभासयुक्त वा भययुक्त हुनसक्छ । एकदमै असहज स्थिति वा कष्ट हुने स्थिति भयो भने आफ्नो समस्याको निदान एवं समाधानका लागि प्रयास गर्नुपर्छ । यसमा तपाईंलाई मनोचिकित्सक, मनोवैज्ञानिक वा यौन विशेषज्ञहरूले मद्दत गर्न सक्नुहुन्छ । कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री