शनिबार, ८ वैशाख २०८१

मैतिदेबीमा महालक्ष्मी विकास बैंकको शाखा

समयपोष्ट २०७६ जेठ ३ गते २०:५६

Advertisement

महालक्ष्मी विकास बैंकले काठमाडौंको मैतिदेबीमा नयाँ शाखा विस्तार गरेको छ। शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेश उपाध्याय, मैतिदेबीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक रुपेन्द्र पौडेल उपस्थित थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा आफ्नो सेवालाई अझ फराकिलो बनाउँदै लैजाने बताए।

बैंकको अब शाखा संख्या ९३ पुगेको छ। बैंकका ३५ वटा एटिएम छन्। बैंकसँग साढे चार लाख ग्राहक छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री