बिहीबार, १५ चैत २०८०

एनएमबी बैंक र ओम डेभलपमेन्ट गाँभिने,मर्जर पछि बैंकको नाम एनएमबी नै

समयपोष्ट २०७६ जेठ २ गते २०:०६

Advertisement

एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाँभिने भएका छन् । बिहीबार एनएमबीको तर्फबाट बैंक संचालक तथा मर्जर समितिका संयोजक प्रदिपराज पाण्डे र ओम डेभलपमेन्टको तर्फबाट संचालक योगेन्द्र लाल प्रधानले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यी दुई बैंकले संझौतापत्र एकआपसमा साटेर बैंक मर्जरको घोषणा गरेका हुन् । मर्जर पछिको संयुक्त बैंकको नाम एनएमबी नै रहने कार्यक्रममा जानकारी दिइएको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको छ ।

मर्जर पश्चात बैंकको कूल चुक्तापूँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड पुग्ने छ भने निक्षप एक खर्ब १९ अर्ब र कर्जा एक खर्ब १३ अर्ब पुग्नेछ ।अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ। हाल एनएमबी बैंकसँग ९३ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप छ भने ओमसँग २४ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप छ।

ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ। हाल एनएमबीले ९० अर्ब रुपैयाँभन्दा माथिको ऋण लगानी गरेको छ भने ओमले २२ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६.३९ प्रतिशत हुनेछ भने एनएमबी बैंकको ८३.६० प्रतिशत कायम हुनेछ। हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड- एफएमओको रहेको छ। ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्नेछ। यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने छ।

एनएमबीमा एफएमओको २० प्रतिशत अर्थात एक अर्ब ९२ करोड रुपैयाँ शेयर पूँजी रहेको छ। यहि पूँजीका आधारमा उसको २० प्रतिशतको हिस्सा १६.७२ प्रतिशतमा खुम्चिने छ।

हाल एनएमबी बैंकको कस्ट अफ फण्ड ७.२५ प्रतिशत रहेको छ भने ओमको ९.०५ प्रतिशत छ । हाल एनएमबी बैंकको ११० शाखा तथा ४ एक्सटेन्सन काउन्टर र १०१ एटीएम बुथ रहेका छन् भने, ओम डेभलपमेन्टको ५३ शाखा, एक एक्टेन्सन काउन्टर र १९ वटा एटीएम रहेका छन् । अब मर्जर पछि एनएमबी बैंकको १६३ शाखा, ५ एक्सटेन्सन काउन्टर र १२० एटीएम पुग्ने छन् ।

मुलुकको समग्र बैंकिङ्ग तथा वित्तिय प्रणालीको सम्वर्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै समग्र मुलुकको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तिय क्षेत्रको स्थायीत्व कायम गर्न मर्जरमा गएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

‘एनएमबी बैंक आफु एक्लै सक्षम र सबल भएपनि सहकार्यका लागि मर्जरमा गएको छ । सरकारको बैंकिङ्ग क्षत्रलाई व्यवस्थित गर्ने र पूँजी व्यवस्थापन गर्ने योजनामा साथ दिन हामीले एनएमबी र ओम डेभलपमेन्ट बैंक एकआपसमा मर्जर गरेका हौं ।’ उनले भने, ‘यसले हामी बैंकर्सहरुलाई मात्र नभएर आम सेवाग्राहीलाई फाईदा पुग्ने छ । मर्जर पछि अझ हामी शसक्त भएर जन सेवामा समर्पित हुनेछौं । यसले हाम्रो विश्वसनीयता अझ माथि उठ्ने छ ।’

कार्यक्रममा बोल्दै ओम डेभलपमेन्टका निर्देशक योगेन्द्रलाल प्रधानले दुई बैंक एकताले नयाँ उर्जा थपेको बताए । उनले अन्य बैंक तथा वित्तीय संस्थाहरुको मर्जर भन्दा यो मर्जर विशेष हुने र यो अहिले सम्मकै उदाहरणीय बैंकिङ्ग कोलाबे्रसन भएको बताए ।

यसले हामीलाई गाउँगाउँ र जनस्तरसम्म पुग्न अझ सहज बनाएको छ ।’ उनले भने, ‘एनएमबी बैंक जस्तो अन्तराष्ट्रिय बैंकिङ्ग क्षेत्रमा सरिक बैंक र कृषि, पर्यटन र व्यवसायी क्षत्रमा काम गर्दै आएको ओम डेभलपमेन्टबीच एकता हुनुले ठूलो अर्थ राखेको छ । अब यो बैंले प्रभावकारी रुपमा बैंकिङ्ग कार्ययोजना अघि बढाउने छ ।’

एनएमबी बैंक अन्तर्राष्ट्रि स्तरसम्म पहुँच पुगेको बैंक हो भने ओम डेभलपमेन्ट बैंक गण्डकी प्रदेशको प्रतिष्ठित कर्मसियल बैंक हो । एनएमबी बैंक नेपालको एकमात्र अन्तराष्ट्रिय कर्जा आयात गर्ने बैंक हो । एनएमबी बैंकले सफल २३ वर्ष पुरा गरेको छ भने ओम डेभलपमेन्ट बैंकले १९ वर्ष पुरा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री