शुक्रबार, ७ वैशाख २०८१

कहाँ कति आयो भूकम्पपछि पुनर्निर्माणमा भारतीय सहयोग

समयपोष्ट २०७६ वैशाख ३१ गते २०:५८

Advertisement

नेपालमा २०७२ साल बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पपछि उद्दार र राहतका सवैभन्दा पहिले भारतले चासो देखायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी भारतले भूकम्पका कारण नेपालमा परेको समस्या समाधानमा हरसम्भव सहयोग गर्ने आश्वासन मात्र दिएनन् विशेष बैठक बोलाएर तत्काल उद्दार र राहत प्रभावकारी बनाउन निर्देशन समेत दिएका थिए ।

भुकम्प गएको ६ घण्टाको अन्तराल मै उद्धारका लागि भारतले इण्डियन नेशनल डिजाष्टर रेष्पोन्स फोर्स (एनडिआरएफ), एण्डियन एयर फोर्स र आर्मी मेडिकल कर्पलाई नेपाल पठायो । भारतले तत्कालै उद्धार सामाग्री, अत्यावश्यक स्वास्थ सामाग्री तथा स्वास्थ्यकर्मीको टोली, खाद्यान्न, पानी, त्रिपाल, ब्लयांकेट लगायतका कुल ५ सय ७१ टन राहत सामाग्रीहरु सहयोग गर्यो ।

भारतीय स्वास्थ्यकर्मीका टोलीहरु प्रभावित जिल्ला जिल्लामा गएर स्वास्थोपचार गरे । उपत्यकाका तीन पावर स्टेसन पुनर्निर्माणमा सहयोग गर्यो । भारतले नेपाललाई कुल ६७ मिलियन अमेरिकी डलरको राहत सहयोग गरेको छ ।

भारतले १ बिलियन अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता २०१५ जुन २५ मा भएको लगानी सम्मेलनमा जनाइसकेको छ । जसमध्ये २५० अमेरिकी डलर अनुदान र ७५० अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने सहमति भएको छ ।

त्यस्तै सोही वर्ष फ्रेबअरीमा करीब १ मिलियन अमेरिकी डलर बरारबरको निजि आवास, सास्कृतीक सम्पदा र स्वास्थ शिक्षामा सहयोग गर्ने घोषणा गर्र्योे । जसमध्ये ५० मिलियन अमेरिकी डलर सास्कृतीक सम्पदा र स्वास्थ शिक्षामा खर्च गरिने सम्बन्धि नेपाल सरकार र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भयो ।

कुन क्षेत्रमा कति सहयोग

आवास क्षेत्र

एक सय ५० मिलियन अमेरिकी डलर आवास क्षेत्र पुनर्निर्माणका लािग छुट्टाइएको थियो । जसमध्य १ सय मिलियन अमेरिकी डलर अनुदान र ५ मिलियन अमेरिकी डलर ऋण सहयोग रहेको छ ।

भारत सरकारले आवास क्षेत्रमा गारेखा र नुवाकोटका ५० हजारलाई सहयोग गरेको छ । गोरखामा कुल २६ हजार ९ सय १२ र नुवाकोटमा कुल २३ हजार ८८ लाभान्वित भएका छन् ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका आवाश क्षेत्र पुर्ननिमाणका लागि सन् २०१८ सालमा युएनडिपि र युएनओपिएसलार्ई टेक्निकल फ्यासिलेसन नियुक्त गरेको थियो । भारत सरकारले हालसम्म आवाश क्षेत्र तर्फ २९०.४३ करोड रुपैयाँ नेपाल सरकारलाई प्रतिपुर्ति गरिसकेको छ ।

शिक्षा क्षेत्र

भारत सरकारले ९ जिल्लाका ७० विद्यालय र २ पुस्तकालय पुनर्निर्माणका लागि कुल ५० मिलियन अमेरिकी डलर अनुदान छुट्टाएको थियो । त्यसका लागि भारतको सेन्टर विल्डिङ् रिसर्च इष्टिच्युट (सिबिआरआई), रोर्किलाई ६ मार्च २०१९ मा पिएमसिका रुपमा नियुक्त गरिएको थियो । गोरखा जिल्लामा आठ र नुवाकोट जिल्लाका पाँच विद्यालयहरु पुनर्निर्माण सुरु भैसकेको भारतीय दूताबासले जनाएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा प्रोजेक्ट डिरेक्टर, सिएलपिआइयु (एजुकेसन),नेपाल सरकार र हेड अफ रिकंस्ट्रक्शन विंग भारतिय दुतावास काठमाडौँबीच ६ मार्च २०१९ मा हस्ताक्षर भएको थियो ।

स्वास्थ क्षेत्र

 

भारत सरकारले १२ जिल्लाका १ सय ५७ स्वास्थ क्षेत्र पुर्न निर्माणका लागि ५० मिलियन अमेरिकी डलर अनुदान छुट्टाएको छ ।

साँस्कृतिक सम्पदा

आठ जिल्लाका २८ साँस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान छुट्टाएको छ । त्यसको लागि इण्डिया नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले भारत सरकारलाई साँस्कृतीक सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

सहुलियतपूर्ण ऋण

पहिलो २०१७ अगष्ट ३० र ३१ मा काठमाडौं मा र दोस्रो २०१८ जनवरी १६ देखि १८ सम्म मुम्बईमा एक्जिम बैंक ट्रेनिङ् सञ्चालन भएको थियो । जसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी र मन्त्री स्तरिय सहभागिता थियो । सहुलियतपूर्ण ऋण उपयोगबारे छलफल भएको थियो ।

हरिहर भवन पुनर्निर्माण लागि २६.५५ मिलयिन अमेरिकी डलर र बाल्मीकी क्याम्पस पुनर्निर्माणका लागि १.७४ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यी दुई प्रोजेक्ट छिट्टै सुरु हुने भारतीय दूताबासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री