शुक्रबार, १६ चैत २०८०

सिभिल बैंकको साधारण सभा सम्पन्न,१०.२५% बोनस शेयर सहित ४.०५% नगद लाभांश पारित

समयपोष्ट २०७६ वैशाख २७ गते १९:३३

Advertisement

सिभिल बैंकले लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा एक साथ सम्पन्न गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट १०.२५% बोनस तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जस अनुसार बैंकले २०७३/०७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार रुपैयाँ बराबरको बोनस शेयर उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश ३ करोड ९१ लाख ६२ हजार नगद लाभांश वितरण गर्नेछ । यसैगरी आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छा राज तामाङ, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिस ) गर्न/हुन वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री