शनिबार, ८ वैशाख २०८१

अशोक लेलैण्डले सार्वजनिक गर्यो दोस्त प्लस,कति छ मुल्य ?

समयपोष्ट २०७६ वैशाख २७ गते १९:२६

Advertisement

आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले दोस्त प्लसको सफ्ट सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम मार्फत दोस्त प्लस सार्वजनिक गरेसंगै टेस्ट ड्राइभ समेत गराएको छ ।

भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्सका सेल्स हेड सुशील थापाले जानकारी दिए । उनले अशोक लेलैण्डमा गरेका लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहन प्रतिबद्घता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री