शुक्रबार, १४ वैशाख २०८१

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

समयपोष्ट २०७६ वैशाख २६ गते १४:०३


चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्यस्वयंसेविकालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्नै हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका १५ वटै वडाका १४९ स्वास्थ्य स्वयंसेविकालाई भत्ता दिइएको नगर उपप्रमख लिशा नकर्मीले बताए ।

Advertisement

उनका अनुसार सरकारले प्रदान गर्दै आएको रु पाँच हजार र नगरपालिकाका तर्फबाट उनीहरुको योगदानको कदर गर्दै थप भत्ता दिइएको उपप्रमुख नकर्मीले बताए । स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।

यसैबीच नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको छ । यो अभियान नौ ओटा वडामा नै सञ्चालन भइरहेको र अन्य वडामा पनि निरन्तरता दिइने उपप्रमुख नकर्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री