बिहीबार, १३ वैशाख २०८१

मेगन र ह्यारीले तोडे शाही परम्परा, छोराको राखे यस्तो नाम

समयपोष्ट २०७६ वैशाख २६ गते ११:५४

Advertisement

 

ब्रिटेनका ड्युक र डचेज अफ ससेक्स ह्यारी र मेगनले आफ्नो पहिलो सन्तानको नाम उनीहरुको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् ।

उनीहरुले पहिलो सन्तानको नाम आर्ची ह्यारिसन माउन्टब्याटन–विन्डसर  राखेका छन् । कतिपयले नयाँ शाही सन्तानको नाम आर्थर, एड्वार्ड साथै फिलिप (ह्यारीका हजुरबुवा) हुनसक्ने अनुमान गरेका थिए । तर कसैको पनि अनुमान मिलेन

हुन त नवजात शिशुको नाम राख्ने कुनै नियम छैन तर बेलायती शाही परिवारले आफू अघिका सदस्यलाई सम्मान गर्ने परम्परा छ । कतिले

‘पारम्पारिक नामको साटो उनीहरुले आफूलाई मनपरेको नाम छाने,’ सीएनएनका शाही संवाददाता म्याक्स फोस्टरले भने । ‘उनीहरुले आफ्नो पीढिलाई झल्काउने काम गरिरहेका छन् । उनीहरु इतिहास हेरिरहेका छैनन् । विगत होइन, वर्तमान हेरिरहेका छन् ।’

राजगद्दीका लागि लाइनमा सातौं स्थानमा रहेका आर्ची ह्यारिसनलाई तत्काल कुनै पदवी दिइनेछैन ।

 

 

आर्चीले आफ्नो बुवाबाट ‘अर्ल अफ डम्बर्टन’ पद पाउने भएपनि उनका आमा–बुवाले यस्ता कुनै पनि पद छोरालाई नदिने संकेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री